Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

यस जलविद्युत लिमिटेड कम्पनिको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

  •   ३ वर्ष अघि | २२ असोज २०८०, सोमवार

असोज २२, काठमाडौँ । असोज १८ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको माथिल्लो मैलुङ खोला जलविद्युत लिमिटेड कम्पनिको  आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ।

कम्पनिले कुल १२ लाख ८४ हजार २०० कित्ता शेयर सर्वसाधारणमा बिक्री कुला गरेको हो।

यस आईपीओमा न्यूनतम १० कित्तादेखी अधिकतम १० हजार कित्ताका लागि आवेदन दिन सकिने व्यवस्था छ ।

केयर रेटिङ्ग नेपालले आईपीओ निष्काशनको लागि गराएको रेटिङ्गमा कम्पनीलाई केयरएनपी डबल बी इस्यूअर रेटिङ्ग प्रदान गरेको छ। यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्दछ।

सानिमा क्यापिटल लिमिटेड कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक रहेको छ। यस कम्पनिमा लगानी गर्न चाहाने लगानिकर्ताहरुले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सि आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा तथा सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडले निर्माण गरेको सफ्टवेयर ‘मेरो शेयर’ प्रयोग गरी अनलाइन प्रणाली मार्फत आवेदन दिन सक्नेछन्।

  • न्युज बहार संवाददाता

थप