साउन ११, काठमाडौँ। साताको अन्तिम कारोबार दिन नेप्से घट्ने क्रमले निरन्तरता पाएको छ। सोमबारदेखि घटेको सेयर बजार परिसुचक नेप्से यस दिन पनि २९.७१ अंक (१.७३ प्रतिशत)ले घटेर २१२६.४८ बिन्दुमा बन्द भएको छ।
बिहीबार नेप्से परिसूचकसँगै कारोबार रकम पनि घटेको छ।
यस दिन २७१ वटा धितोपत्रको ६२ लाख ७१ हजार ७७७ कित्ता सेयर किनबेचबाट २ अर्ब ४२ करोड ५७ लाख ८० हजार ५६४ रुपैयाँ कारोबार भएको छ।
यस दिन एनआइसी एशिया फेक्सी क्याप फण्डको इकाइमूल्य सर्वाधिक ७.३९ प्रतिशतले बढेको छ भने सेयरमूल्य सर्वाधिक घट्नेमा किसान लघुवित्त रहेको छ।
आज बजारमा शिवम् सिमेन्टको सर्वाधिक कारोबार भएको छ।
त्यस्तै, आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये सबै समूहको परिसूचक घटेको छ। यसदिन सबैभन्दा धेरै व्यापार समूहको परिसूचक २.६५ प्रतिशतले घटेको छ।
- न्युज बहार संवाददाता