कार्तिक १, काठमाडौँ । ब्रोकर कमिसन घटाउने निर्णय नेपाल धितोपत्र
बोर्डले गरेको छ । ब्रोकर कमिसन १० प्रतिशतले घटाउने निर्णय आज बुधबार बसेको बोर्ड
सञचालक समितिको बैठकले गरेको हो ।
बोर्ड स्रोतले अनुसार बोर्डको यो निर्णय अर्थ मन्त्रालयको
स्वीकृतिपछि कार्यान्वयनमा आउने छ ।
धितोपत्र बोर्ड स्रोतका अनुसार संशोधित
नयाँ कमीसन अनुसार हाल सेयर कारोबारमा रहेको अधिकतम ०.४० प्रतिशतको माथिल्लो सीमा
०.३६ प्रतिशत हुनेछ भने ०.२७ प्रतिशत रहेको तल्लो सीमालाई घटाएर ०.२४३ प्रतिशत
कायम गर्ने निर्णय भएको छ ।
नयाँ कमीसन अनुसार हाल ५०
हजारसम्मको कारोबारमा अब ०.३६ प्रतिशत लाग्ने भएको छ । यस्तै ५० हजारदेखि ५
लाखसम्मको कारोबारमा ० ०.३३ प्रतिशत कायम भएको छ भने यस्तै ५ लाखदेखि २० लाखसम्मको कारोबारमा ०.३०६
प्रतिशत कायम हुने छ ।
त्यस्तै २० लाखदेखि एक करोड
रूपैयाँसम्ममा ०.२७ प्रतिशत र एक करोडमाथि अब ०.२४३ प्रतिशतको कमिसन हुने भएको छ ।
- न्युज बहार संवाददाता