Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

१५.५४ अंकले बढ्यो नेप्से, बैंकिङ्ग समूहको सूचकमा सबैभन्दा धेरै बृद्धी

  •   २ वर्ष अघि | ९ जेष्ठ २०८१, बुधबार

जेठ ९, काठमाडौँ । शेयर बजार परिसुचक नेप्से निरन्तर बढ्दो क्रममा रहेको छ। बजार आज पनि बढेको छ । आज नेप्से सूचक १५.५४ अंक (०.७३ प्रतिशत)ले बढेर २१३१.४९ विन्दुमा बन्द भएको छ।

बुधबार परिसुचक सँगै कारोबार रकम पनि बढेको छ। आज बजारमा ५ अर्ब ६८ करोड ७६ लाख ८० हजार ९१२ रुपैयाँ बराबरको १ करोड ४४ लाख १९ हजार ५२१ कित्ता शेयर किनबेच भएको छ।

यस दिन बुद्धभुमि हाइड्रोपावर र सामुदायिक लघुवित्तको शेयरमूल्य १० प्रतिशतले बढेको छ भने मानुषि लघुवित्तको शेयरमूल्य सबैभन्दा धेरै ८.०५ प्रतिशतले घटेको छ ।

कारोबार रकमको आदारमा बुधबार सबैभन्दा धेरै नेरुडे मिर्मिरे लघुवित्तको २४ करोड ४२ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

यस दिन कारोबारमा आएका १३ उपसमूहमा ९ उपसमूहको सूचक घटेको छ भने बाँकी ४ वटा उपसमूहको सूचक बढेको छ ।

यसदिन कारोबारमा आएका १३ वटा उपसमुह मध्ये सबैभन्दा धेरै ४.२३ प्रतिशतले बैंकिङ्ग समूहको सूचक बढेको छ। धेरै १.३४ प्रतिशतले घटेको छ।

 

  • न्युज बहार संवाददाता

थप