कार्तिक २१, काठमाडौँ । आज मंगलबारदेखि उन्नति
सहकार्य लघुवित्त वित्तीय संस्थाको एफपीओ (फर्दर पब्लिक अफरिङ) खुलेको छ ।
संस्थाले एक
लाख ७८ हजार ४५१ कित्ता सेयर अंकित मूल्य १०० का दरले सर्वसाधारणमा निस्कासन गरेको
हो । यस कम्पनिको सेयरमा न्यूनतम १० देखि अधिकतम एक हजार कित्तासम्मका लागि आवेदन
दिन सकिनेछ ।
उन्नति
सहकार्य लघुवित्त वित्तीय संस्था साविकको उन्नति लघुवित्त वित्तीय संस्था र
सहकार्य लघुवित्त वित्तीय संस्था एक आपसमा गाभिएपश्चात बनेको हो ।
यस
कम्पनिको भैरहवा सिद्धार्थनगर वडा नम्बर १२ मा यसको रजिस्टर्ड कार्यालय रहेको छ भने २८ जिल्लाहरुमा ८२ शाखा कार्यालय सञ्चालनमा
रहेका छन् ।
क्रेडिट रेटिङ्ग कम्पनी इक्रा
नेपालले एफपीओ निष्काशनका लागि गराएको रेटिङ्गमा लघुवित्तलाई इक्रा एनपी इस्यूअर
रेटिङ्ग बी प्लस प्रदान गरेको छ। यसले लघुवित्तको वित्तीय दायित्व बहन गर्ने
क्षमतामा उच्च जोखिम रहेको संकेत गर्दछ।
सिद्धार्थ
क्यापिटल लिमिटेड लघुवित्तको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक रहेको छ। यस
कम्पनिको एफपीओमा लगानि गर्न चाहाने लगानिकर्ताहरले नेपाल धितोपत्र बोर्डबाट
स्वीकृती प्राप्त गरेका सम्पूर्ण सि–आस्बा सदस्य बैंक तथा वित्तीय
संस्थाहरु तथा सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडबाट निर्माण गरिएको सफ्टवेयर ‘मेरो शेयर’ अनलाइन प्रयोग गरी आवेदन दिन
सक्नेछन्।
- न्युज बहार संवाददाता