Breaking News
प्रतीक अधिकारी: नेपग्यासमको युट्युब स्क्रिनबाट राष्ट्रिय मञ्चसम्मको प्रेरणादायी यात्रा    ||     युक्रेनी ड्रोन प्रहारले रूसका अनलाइन खुद्रा कम्पनीका गोदाम प्रभावित    ||     फ्रान्स र इंग्ल्यान्ड तेस्रो स्थानका लागी प्रतिस्पर्धा गर्दै    ||     अनुमति बिना ठूला पर्दामा विश्वकपका खेलहरु देखाउन रोक    ||     अण्डा प्रति किरेट ४५ रुपैयाँले महँगियो    ||     विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता आजदेखि सुरु हुँदै, मेसी र रोनाल्डोको अन्तिम विश्वकप!    ||     पोखरादेखि दुबईका लागि नियमित व्यावसायिक हवाई सेवा सञ्चालन हुने    ||     खुल्यो सर्वोत्तम पेन्ट्स आईपिओ    ||     आरोप प्रमाणसहित पुष्टि भए सार्वजनिक जीवनबाटै अलग हुन तयार छु : अर्थमन्त्री    ||     प्रतिनिधिसभाको उपसभामुख चयनकालागि निर्वाचन चैत २७ गते हुने    ||    

एसवाई प्यानल नेपाल लिमिटेडको आईपीओ निष्कासन सुरु

  •   १० महिना अघि | ७ असोज २०८२, मङ्लबार

असोज ७, काठमाण्डौ एसवाई प्यानल नेपाल लिमिटेडले आज असोज ७ गतेदेखि आफ्ना सेयर सार्वजनिक रूपमा बिक्रीका लागि आईपीओ निष्कासन गर्न थालेको छ। यो आईपीओ उद्योग प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरूका लागि हो।

यसअघि भदौ २९ गतेदेखि आईपीओ जारी गर्ने तयारीमा रहे पनि केही कारणवश ढिला भई आजदेखि सार्वजनिक निष्कासन गरिएको हो। कम्पनीले कुल जारी पूँजी १ अर्ब ३० करोड ८९ लाख रुपैयाँमध्ये ४० प्रतिशत अर्थात ५२ करोड ३२ लाख रुपैयाँ बराबरका ५२ लाख ३२ हजार ५४८ कित्ता सेयर निष्कासन गर्न नियामक निकायबाट अनुमति पाएको हो।

आईपीओ विवरण:

  • स्थानीय बासिन्दा: २ लाख ६१ हजार ६२९ कित्ता सेयर (२%) रत्ननगर नगरपालिकाका सबै वडाका बासिन्दाहरूका लागि छुट्याइएको छ।
  • वैदेशिक रोजगारीमा रहेका नेपालीहरू: ४ लाख ९७ हजार ९२ कित्ता सेयर (१०%) उपलब्ध गराइएको छ।
  • कर्मचारीहरूका लागि: १ लाख ४९ हजार १२७ कित्ता सेयर।
  • सामूहिक लगानी कोष: २ लाख ४८ हजार ५४६ कित्ता सेयर सुरक्षित गरिएको छ।

न्यूनतम र अधिकतम आवेदन सीमा
न्यूनतम १० कित्ता र अधिकतम ५० हजार कित्तासम्म सेयरका लागि आवेदन दिन सकिनेछ।

आईपीओ बन्द हुने मिति

  • स्थानीय बासिन्दा: छिटोमा असोज २१ गते, ढिलोमा कात्तिक ९ गते।
  • विदेशमा रहेका नेपालीहरू: छिटोमा असोज १० गते, ढिलोमा असोज २१ गते।

रेटिङ र व्यवस्थापन
इक्रा नेपालले कम्पनीलाई ‘ICRA NP Issuer Rating Double B (BB)’ प्रदान गरेको छ, जसले मध्यम जोखिम रहेको संकेत गर्दछ।
आईपीओ बिक्री तथा वितरण व्यवस्थापन प्रभु क्यापिटल लिमिटेडले गर्दैछ।

आवेदन दिने स्थान

  • स्थानीय बासिन्दाहरू: एसवाई प्यानल नेपाल, रत्ननगर (चितवन), प्रभु क्यापिटल (कमलादी), प्रभु बैंकको सौराहा र टाँडी शाखा, वा अनलाइन लिंकमार्फत आवेदन दिन सक्नेछन्। दरखास्त फारामको शुल्क २ रुपैयाँ तोकिएको छ।
  • वैदेशिक रोजगारीमा रहेका नेपाली: नेपाल धितोपत्र बोर्डबाट स्वीकृत सि-आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरूको शाखाबाट सि-आस्बा प्रणालीमार्फत आवेदन दिन सक्नेछन्।
  • न्युज बहार संवाददाता

थप