Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

१५.३७ अंकले घट्यो शेयर बजार परिसुचक नेप्से

  •   ३ वर्ष अघि | ८ चैत्र २०८०, बिहिबार

चैत ८, काठमाडौँ । बिहिबार साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक घटेर बन्द भएको छ ।

बिहीबार, नेप्से परिसूचक १५.३७ अंक(०.७४ प्रतिशत) ले घटेर २०४८.५७ विन्दुमा बन्द भएको छ ।

यस दिन नेप्से घटेपनि अघिल्लो दिनको तुलनामा कारोबार रकम भने बढेको छ। यस दिन ३१५ स्टकको ५२ हजार ३१७ पटकको कारोबारमा ४ अर्ब ३१ करोड ३० लाख रुपैयाँ बराबरको १ करोड ८५ लाख कित्ता शेयर किनबेच भएको छ।

आज तेस्रो कारोबार दिन पनि सर्वोत्तम सिमेन्टको शेयर निरन्तर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ भने यस दिन बुद्धभुमि नेपाल हाइड्रोपावरको शेयर नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ।

यस दिन कारोबार रकमका आधारमा माछापुच्छ्रे बैंकको संस्थापक शेयर शीर्ष स्थानमा रहेको छ । यस दिन सो बैंकको १ अर्ब २१ करोड ३२ लाख रुपैयाँ बराबरको संस्थापक शेयर कारोबार भएको छ।

आज व्यापार उपसमूहबाहेक अरु सबै उपसमूहको परिसूचकमा गिरावट आएको छ । व्यापार उपसमूहको परिसूचक यस दिन ०.६५ प्रतिशतले बढेको छ भने १ प्रतिशतभन्दा बढी कारोबारमा आएको होटल तथा पर्यटन र लघुवित्त उपसमूहको परिसूचक घटेको छ।

  • न्युज बहार संवाददाता

थप