कार्तिक
५, काठमाडौँ । दसैँपछि लगातार १७ अर्ब रूपैयाँभन्दा बढीको सेयर जारी हुने भएको छ ।
दसैँ खर्चिलो चाड हो त्यसैले हामी धेरै खर्च गर्न रुचाउँचौँ तर अब तर खर्च मात्रै होइन, केही रकम बचत पनि गरौं। किनभने
दसैंपछि १७ अर्ब रूपैयाँभन्दा बढीको प्रथमिक सेयर जारी हुँदैछ।
अहिले बीसवटा कम्पनी धितोपत्र
बोर्डमा आइपिओ निष्कासनको अनुमति माग्दै पुगेका छन्। यी कम्पनीहरुले कुल १५ अर्ब
२७ करोड रूपैयाँको सेयर जारी गर्ने अनुमति धितोपत्र बोर्डसँग माग गरेका छन्।
यीमध्ये कतिपयले दसैंपछि सेयर
जारी गर्ने अनुमति समेत पाइसकेका छन भने कतिपयले दसैंपछाई नै अनुमाति पाउने सम्भावना
छ।
तीन कम्पनीले भने अहिले यस्तो
अनुमति पाइसकेका छन्।
यी
तीन कम्पनी हुन्- नेपाल
वेयर हाउस कम्पनी, मुक्तिनाथ कृषि कम्पनी र भिजन लुम्बिनी ऊर्जा कम्पनी ।
वैदेशिक
रोजगारीमा रहेकाहरूलाई समेत यी कम्पनीहरुले सेयर जारी गरिसकेका छन्। अब करिब ४४
करोड रूपैयाँको सेयर यी कम्पनिहरुले सर्वसाधारणका निष्कासन गर्नेछन्।
भिजन
लुम्बिनी ऊर्जा कम्पनीले आइपिओ निष्कासन मिति पनि तोकिसकेको छ । यस कम्पनिको सेयर कार्तिक
१६ गतेदेखी कार्तिक २० गते सम्मकालागी बिक्रि खुल्ला हुनेछ ।
यता अर्को ठुलो कम्पनि सर्वोत्तम सिमेन्टले पनि तिहारपछि नै सेयर जारी गर्ने तयारी गरिरहेको छ। यस कम्पनिले करिब ६५ करोड रूपैयाँ बराबरको सेयर जारी गर्न लागेको छ ।
- न्युज बहार संवाददाता