फागुन १८, काठमाडौँ । आज फागुन १८ गते शुक्रबारदेखि रिडी पावर
कम्पनी लिमिटेडले हकप्रद सेयर निष्कासन तथा बिक्री खुला गरेको छ ।
कम्पनीले
हाल कायम चुक्ता पुँजी १ अर्ब ५४ करोड, ८९ लाख १ हजार २०० रूपैयाँ
रहेको छ । सोही चुक्ता पुँजीको ५० प्रतिशतले हुन आउने हकप्रद सेयर कम्पनिले निष्कासन
गर्न लागेको हो।
हाल कायम
१० कित्ता सेयर बराबर नयाँ ५ कित्ताको अनुपातमा कम्पनीले हकप्रद सेयर निष्कासन खुला
गरेको हो ।
कम्पनीले
हकप्रद निष्कासन प्रयोजनका लागि माघ २२ गते बुक क्लोजको मिति तय गरी माघ २१ गते
सम्म कायम सेयरधनीहरूले उक्त हकप्रद सेयरका लागि आवेदन दिन सक्ने जनाएको छ ।
सक्नेछन्।
चैत ८
गतेसम्म सेयर भर्ने समय तोकिएको छ ।
- न्युज बहार संवाददाता