Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

माघ १० गतेदेखि बुक बिल्डिङ प्रक्रियामार्फत् रिलायन्स स्पिनिङ्ग मिल्सले सेयर निष्कासन गर्दै

  •   ३ वर्ष अघि | २ माघ २०८०, मङ्लबार

माघ २, काठमाडौँ । बुक बिल्डिङ प्रक्रियामार्फत् रिलायन्स स्पिनिङ्ग मिल्सले सेयर निष्कासन गर्ने भएको छ। 

माघ १० गतेदेखि कम्पनीले योग्य संस्थागत लगानीकर्ताहरूका लागि बोलकबोलमार्फत् सेयर निष्कासन गर्न लागेको हो।

जारी पुँजी १ अर्ब ९० करोड रूपैयाँको १०.१४ प्रतिशतले हुन आउने १९ करोड २६ लाख ६० हजार रुपैयाँ बराबरको १९ लाख २६ हजार ६०० कित्ता सेयर कम्पनीले बुक बिल्डिङ प्रक्रियामार्फत् निष्कासन गर्न लागेको हो।

नेप्सेले सञ्चालन गर्ने बोलकबोल प्रक्रियामा उक्त मध्ये ४० प्रतिशत अर्थात् ७ लाख ७० हजार ६४० कित्ता शेयर बिक्री मूल्य सीमा ६०८ रूपैयाँदेखि ९१२ रूपैयाँ सम्मभित्र रही योग्य संस्थागत लगानीकर्ताहरू सहभागी गराई बोलकबोलमार्फत् सेयर बिक्री गर्न लागेको हो।

माघ १४ गतेसम्म उक्त सेयरमा शिलबन्दी बोलपत्र पेस गर्न सकिनेछ।

ग्लोबल आइएमई क्यापिटल लिमिटेड कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक रहेको छ। 

बोलपत्र आवेदन फारम रितपूर्वक भरी योग्य संस्थागत लगानीकर्ताहरूले नेपाल स्टक एक्सचेञ्जको रजिष्टर्ड कार्यालय, भद्रकालीमा शिलबन्दी गरिएको गोप्य बोलपत्र फारम बुझाउनु पर्नेछ।

  • न्युज बहार संवाददाता

थप