बैशाख २४, काठमाडौँ । आइतबार बसेको धितोपत्र बोर्डको सञ्चालक
समितिको बैठकले १० प्रतिशतले ब्रोकर कमिसन घटाउने निर्णय गरेको छ।
धितोपत्र
बोर्डका एक सञ्चालकका अनुसार हिजो सञ्चालक समितिको बैठक बसेर ब्रोकर कमिसन
प्रस्ताव अनुसार नै १० प्रतिशतले घटाउने निर्णय गरेको हो ।
जेठ १ गतेदेखि लागु हुने गरी यस्तो निर्णय भएको उनले जनाएका छन । यसमा
सबै सञ्चालकको हस्ताक्षर हुन बाँकी रहेको समेत उनले बताएका छन ।
बोर्डका
कार्यकारी निर्देशक डा. नवराज अधिकारीले ब्रोकर कमिसन घटाउने विषयमा केही
प्राविधिक कारण आएकोले निर्णय हुन नसकेको जानकारी दिएका छन । उनले उक्त प्राविधिक
कारण के हो भन्ने चाँही खुलाउन चाहेनन्।
- न्युज बहार संवाददाता