जेठ
२२, काठमाडौँ । आज मंगलबार साताको तेस्रो कारोबार दिन नेप्से परिसूचक सामान्य अंकले
बढेको छ ।
यस दिन नेप्से परिसूचक
६.२२ अंक(०.२९ प्रतिशत)ले बढेर २०८५.३० विन्दुमा बन्द भएको छ।
यस दिन नेप्सेसँगै कारोबार रकम पनि सामान्य बढेको छ। बजारमा
यस दिन ३१५ स्टकको ५३ हजार ९९९ पटकको कारोबारमा ४ अर्ब ८ करोड ४७ लाख रुपैयाँ
बराबरको ८३ लाख ५ हजार कित्ता शेयर कारोबार भएको छ।
आज
मंगलबार ग्लोबल आइएमई लघुवित्तको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ भने
यस दिन सर्वाधिक ५.५१ प्रतिशतले बुद्धभुमि नेपाल हाइड्रोपावरको शेयरमूल्य घटेको छ।
आज कारोबार रकमका आधारमा सिईडिबी हाइड्रोपावर डेभलपमेन्ट
कम्पनी शीर्ष स्थानमा रहेको छ। उक्त कम्पनीको यस दिन २० करोड ९२ लाख रुपैयाँ
बराबरको शेयर कारोबार भएको हो।
आज कारोबारमा आएको १३
उपसमूहमध्ये १० उपसमूहको परिसूचक बढेको छ भने ३ उपसमूहको परिसूचक घटेको छ।
आज सर्वाधिक २.७०
प्रतिशतले व्यापार उपसमूहको परिसूचक बढेको छ। यस दिन म्युचुअल फण्ड, जलविद्युत र
अन्य उपसमूहको परिसूचक घटेका छन ।
- न्युज बहार संवाददाता