Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

४०.७६ अंकले बढ्यो नेप्से, हिमालयन रि इन्स्योरेन्सको सर्वाधिक कारोबार

  •   २ वर्ष अघि | २१ साउन २०८१, सोमवार

साउन २१, काठमाडौँ । आज साताको पहिलो कारोवार दिन सोमबार नेप्से सूचक ४० अंकले बढेर बन्द भएको छ । बजारमा गत बिहीबार  ५ अंकको करेक्सन देखिएको भएपनि आज सोमबार नेप्से पुनः सकारात्मक भएको छ ।

सोमबार नेप्से सूचक ४०.७६ अंकले बढेर २७९६.३८ विन्दुमा बन्द भएको हो । यस दिन ४ करोड ९७ लाख ७३ हजार ७३० कित्ता शेयर किनबेचमा २१ अर्ब ८६ करोड ४९ लाख ९२ हजार २७७ रुपैयाँ बराबरको कारोबार भएको छ । यसदिन ८ कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढेको छ भने सबैभन्दा धेरै १० प्रतिशतले नेपाल फाइनान्सको शेयरमूल्य घटेको छ ।

आज कारोबार रकमको आधारमा हिमालयन रि इन्स्योरेन्स शिर्ष स्थानमा रहेको छ । आज यस कम्पनिको १ अर्ब २६ करोड रुपैयाँको शेयर कारोबार भएको छ ।

यसदिन कारोबारमा आएका १३ उपसमूहमा ७ उपसमूहको सूचक बढेको छ भने ५ उपमूहको सूचक घटेको छ।

आज सर्वाधीक ६.६९ प्रतिशतले होटल उपसमूहको सूचक बढेको छ ।

सबैभन्दा धेरै ४.६१ प्रतिशतले फाइनान्स उपसमूहको सूचक घटेको छ।

  • न्युज बहार संवाददाता

थप