Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

९.३४ अंकले बढ्यो नेप्से, कारोबार रकमका आधारमा सोनापुर मिनरल्स एण्ड आयल शीर्ष स्थानमा

  •   ३ वर्ष अघि | १५ फाल्गुन २०८०, मङ्लबार

फागुन १५, काठमाडौँ । साताको तेस्रो कारोबार दिन मंगलबार नेप्से परिसूचक बढेर बन्द भएको छ।

यस दिन नेप्से परिसूचक ९.३४ अंक(०.४६ प्रतिशत) ले बढेर २००१.६४ विन्दुमा पुगेको छ।

यस दिन नेप्से बढेपनि कारोबार रकम भने भने कमजोर देखिएको छ । यस दिन ३०८ स्टकको ४० हजार ८६८ पटकको कारोबारमा १ अर्ब ८६ करोड ७४ लाख रुपैयाँ बराबरको ५२ लाख ३३ हजार कित्ता शेयर कारोबार भएको छ।

यस दिन दुई कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन बोटलर्स नेपाल (बलाजु) र बिपिडब्लु लघुवित्तको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो भने यस दिन चिरख्वा हाइड्रोपावरको शेयरमूल्य सर्वाधिक ५.०६ प्रतिशत घटेको हो ।

यस दिन कारोबार रकमका आधारमा सोनापुर मिनरल्स एण्ड आयल शीर्ष स्थानमा रहेको छ। उक्त कम्पनीको यस दिन १४ करोड १९ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।

यस दिन १३ उपसमूहमध्ये ७ उपसमूहको परिसूचक बढेको छ भने ६ उपसमूहको परिसूचक घटेको छ। यस दिन सर्वाधिक ३.५२ प्रतिशतले उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक बढेको छ भने यस दिन वित्त, होटल तथा पर्यटन, लगानी, जीवन बीमा, म्युचुअल फण्ड र अन्य उपसमूहको परिसूचक घटेको छन ।

  • न्युज बहार संवाददाता

थप