असार २७, काठमाडौँ। आज बुधबार नेप्से परिसूचक दोहोरो अंकले बृद्धि बएको छ। बुधबार नेप्से परिसूचक निक्षेपको ब्याजदर घट्ने खबर सार्वजनिक भएपछि दोहोरो अंकले बढेको हो।
आज नेप्से २५.३१ अंक (१.२२ प्रतिशत)ले बढेर २०९७.५५ बिन्दुमा बन्द भएको हो।
बुधबार नेप्से परिसूचकसँगै अघिल्लो दिनको तुलनामा कारोबार रकम पनि बढेको छ।
मंगलबार २ अर्ब ८५ करोड ९४ लाख ९० हजार ४९० रुपैयाँको सेयर कारोबार भएको बजारमा आज सो रकम बढेर ३ अर्ब १८ करोड ७६ लाख ९५ हजार ७७४ रुपैयाँ पुगेको छ।
यस दिन नेप्सेमा २८९ वटा धितोपत्रको ८५ लाख ४ हजार ३७८ कित्ता सेयर किनबेच भएको हो।
त्यस्तै, आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये ११ समूहको परिसूचक बढेको भने वित्त र होटल्स तथा पर्यटन समूहको परिसूचक घटेको छ।
यस
दिन हाइड्रोपावर समूहको परिसूचक सर्वाधिक ४.४१ प्रतिशतले बढेको छ। समुहगत अन्तर्गत
सबै बन्दा धेरै घट्ने वित्त समूहको परिसूचक रहेको छ। वित्त समुहको परिसुचक आज १.९५
प्रतिशतले घटेको हो।
- न्युज बहार संवाददाता