Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

नेप्से परिसूचक सामान्य अंकको बृद्धी, कारोबार रकममा भने गिरावट

  •   १ वर्ष अघि | ३ बैशाख २०८२, बुधबार

बैशाख ३, काठमाडौँ । आज बुधबार नेप्से परिसूचक सामान्य अंकले बढेको छ ।

यस दिन नेप्से परिसूचक ७.०१ अंकले बढेर २६९६.२३ विन्दुमा पुगेको छ ।

नेप्से बढेपनि यस दिन कारोबार रकम भने घटेको छ । बजारमा यस दिन ३२९ स्टकको ६४ हजार ३६० पटकको कारोबारमा ७ अर्ब २६ करोड ५१ लाख २२ हजार रुपैयाँबराबरको १ करोड ६६ लाख ११ हजार कित्ता शेयर खरिदबिक्री भएको छ ।

यस दिन ५ स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन नेपाल माइक्रो इन्स्योरेन्स, कर्पोरेट डेभलपमेन्ट बैंक, क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स, बाराही हाइड्रोपावर र राधी विद्युत कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो।

यस दिन गुराँस लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य भने सर्वाधिक ५.५५ प्रतिशतले घटेको छ।

यस दिन कारोबार रकमका आधारमा ङादी ग्रुप पावर शीर्ष स्थानमा रहेको छ। उक्त कम्पनीको यस दिन ५९ करोड ४१ लाख रुपैयाँबराबरको शेयर कारोबार भएको छ।

आज कारोबारमा आएको १३ उपसमूहमध्ये यस दिन ७ उपसमूहको परिसूचक बढेको छ भने ६ उपसमूहको परिसूचक घटेको छ । यस दिन सर्वाधिक १.६३ प्रतिशतले जलविद्युत उपसमूहको परिसूचक बढेको छ। यस दिन सर्वाधिक १.०७ प्रतिशतले कारोबारमा आएको अन्य उपसमूहको परिसूचक घटेको छ।

  • न्युज बहार संवाददाता

थप