Breaking News
प्रतीक अधिकारी: नेपग्यासमको युट्युब स्क्रिनबाट राष्ट्रिय मञ्चसम्मको प्रेरणादायी यात्रा    ||     युक्रेनी ड्रोन प्रहारले रूसका अनलाइन खुद्रा कम्पनीका गोदाम प्रभावित    ||     फ्रान्स र इंग्ल्यान्ड तेस्रो स्थानका लागी प्रतिस्पर्धा गर्दै    ||     अनुमति बिना ठूला पर्दामा विश्वकपका खेलहरु देखाउन रोक    ||     अण्डा प्रति किरेट ४५ रुपैयाँले महँगियो    ||     विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता आजदेखि सुरु हुँदै, मेसी र रोनाल्डोको अन्तिम विश्वकप!    ||     पोखरादेखि दुबईका लागि नियमित व्यावसायिक हवाई सेवा सञ्चालन हुने    ||     खुल्यो सर्वोत्तम पेन्ट्स आईपिओ    ||     आरोप प्रमाणसहित पुष्टि भए सार्वजनिक जीवनबाटै अलग हुन तयार छु : अर्थमन्त्री    ||     प्रतिनिधिसभाको उपसभामुख चयनकालागि निर्वाचन चैत २७ गते हुने    ||    

लगातार तेस्रो दिन बढ्यो नेप्से, कारोबार रकम पनि उकालो लाग्दै

  •   २ वर्ष अघि | १६ माघ २०८०, मङ्लबार

माघ १६, काठमाडौँ । निरन्तर तेस्रो कारोबार दिन नेप्से परिसूचक बढेर बन्द भएको छ। साताको पहिलो कारोबार दिन आइतबारदेखि बढेको बजारले यस दिन पनि सोही क्रमलाई निरन्तरता दिएको हो।

मंगलबार नेप्से परिसूचक १४.८८ अंक(०.७० प्रतिश)ले बढेर २११९.६१ विन्दुमा बन्द भएको छ।

आज नेप्सेसँगै कारोबार रकम पनि बढेको छ । यस दिन ३०८ स्टकको १ लाख १७ हजार पटकको कारोबारमा ५ अर्ब ५४ करोड ४२ लाख रुपैयाँ बराबरको १ करोड ५१ लाख ७८ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

आज मंगलबार तीन स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन रावा इनर्जी डेभलपमेन्ट लिमिटेड, चन्द्रागिरी हिल्स, समाज लघुवित्त वित्तीय संस्थाको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो भने यस दिन मिड सोलु हाइड्रोपावरको शेयरमूल्य सर्वाधिक ८.३५ प्रतिशतले घटेको छ।

बिगतका दिन जस्तै कारोबार रकमका आधारमा यस दिन पनि हिमालयन रि इन्स्योरेन्स शीर्ष स्थानमा रहेको छ।

१३ उपसमूहमध्ये यस दिन ४ उपसमूहको परिसूचक घटेको छ भने ९ उपसमूहको परिसूचक बढेको छ। यस दिन सर्वाधिक ३.५६ प्रतिशतले अन्य उपसमूहको परिसूचक बढेको छ भने कारोबारमा आएको निर्जीवन बीमा, बैंकिङ्ग, वित्त, लघुवित्त र उपसमूहको परिसूचक यस दिन घटेको हो।

  • न्युज बहार संवाददाता

थप