असोज
१७, काठमाडौँ । नेप्से परिसूचक आज बुधबार ९.२४ अंक (०.४७ प्रतिशत) ले बढेर १९६७.९७
बिन्दुमा बन्द भएको छ ।
यस दिन अघिल्लो दिनको तुलनामा कारोबार
रकम भने केही घटेको छ।
यस दिन २८४ वटा धितोपत्रको ४३
लाख २३ हजार २१ कित्ता सेयर किनबेचबाट १ अर्ब १८ करोड ९९ लाख ३१ हजार ३८५ रुपैयाँको
कारोबार भएको हो।
आज मध्य भोटेकोशी जलविद्युतको
सेयर मूल्य सर्वाधिक १० प्रतिशतले बढेको छ भने सेयर मूल्य सर्वाधिक .६१ प्रतिशतले घट्नेमा
समता घरेलु लघुवित्त रहेको छ।
यसदिन
नेप्सेमा सिटिजन लाइफ इन्स्योरेन्सको सर्वाधिक कारोबार भएको छ।
त्यस्तै, आज कारोबारमा आएका १३ वटा समूहगत
परिसूचकमध्ये १२ वटा समूहगतपरिसुचक बढेको छ भने बैंकिङ समूहको परिसूचक घटेको छ ।
होटल्स
तथा पर्यटन समूहको परिसूचक यसदिन सर्वाधिक १.५२ प्रतिशतले बढेको हो।
- न्युज बहार संवाददाता