Breaking News
प्रतीक अधिकारी: नेपग्यासमको युट्युब स्क्रिनबाट राष्ट्रिय मञ्चसम्मको प्रेरणादायी यात्रा    ||     युक्रेनी ड्रोन प्रहारले रूसका अनलाइन खुद्रा कम्पनीका गोदाम प्रभावित    ||     फ्रान्स र इंग्ल्यान्ड तेस्रो स्थानका लागी प्रतिस्पर्धा गर्दै    ||     अनुमति बिना ठूला पर्दामा विश्वकपका खेलहरु देखाउन रोक    ||     अण्डा प्रति किरेट ४५ रुपैयाँले महँगियो    ||     विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता आजदेखि सुरु हुँदै, मेसी र रोनाल्डोको अन्तिम विश्वकप!    ||     पोखरादेखि दुबईका लागि नियमित व्यावसायिक हवाई सेवा सञ्चालन हुने    ||     खुल्यो सर्वोत्तम पेन्ट्स आईपिओ    ||     आरोप प्रमाणसहित पुष्टि भए सार्वजनिक जीवनबाटै अलग हुन तयार छु : अर्थमन्त्री    ||     प्रतिनिधिसभाको उपसभामुख चयनकालागि निर्वाचन चैत २७ गते हुने    ||    

१०.२६ अंकले बढ्यो नेप्से, हिमालयन रि इन्स्योरेन्सको सर्वाधीक कारोबार

  •   २ वर्ष अघि | १५ माघ २०८०, सोमवार

माघ १५, काठमाडौँ । नेप्से परिसूचक साताको दोस्रो कारोबार दिन बढेर बन्द भएको छ। सोमबार नेप्से परिसूचक १०.२६ अंक(०.४८ प्रतिशत)ले  बढेर २१०४.७२ विन्दुमा बन्द भएको छ ।

यस दिन नेप्सेसँगै कारोबार रकम पनि बढेको छ। यस दिन ३११ स्टकको १ लाख ३ हजार पटकको कारोबारमा ४ अर्ब ५६ करोड ६५ लाख रुपैयाँ बराबरको १ करोड २३ लाख २२ हजार कित्ता शेयर कारोबार भएको छ।


आज नेप्सेमा तीन स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन अरुण भ्याली हाइड्रोपावर, यूनियन हाइड्रोपावर र मिड सोलु हाइड्रोपावरको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ भने कारोबारमा आएको गरिमा विकास बैंकको ऋणपत्रको मूल्य सर्वाधिक १० प्रतिशतले घटेको छ।

यस दिन कारोबार रकमका आधारमा हिमालयन रि इन्स्योरेन्स शीर्ष स्थानमा रहेको छ।

१३ उपसमूहमध्ये १० उपसमूहको परिसूचक बढेको छ भने ३ उपसमूहको परिसूचक घटेको छ। यस दिन सर्वाधिक १.६४ प्रतिशतले अन्य उपसमूहको परिसूचक बढेको छ ।

  • न्युज बहार संवाददाता

थप