पुस
१९, काठमाडौँ । साताको अन्तिम कारोबार दिन अर्थात बहिबार नेप्से परिसूचक घटेर बन्द
भएको छ। यस दिन अन्तिम समयमा बिक्रीचाप बढ्न थालेपछि नेप्से परिसूचक ८.७१ अंक( ०.४२
प्रतिशत)ले घटेर २०४९.२८ बिन्दुमा बन्द भएको छ ।
यस दिन नेप्से
घटेपनि कारोबार रकम भने अघिल्लो कारोबार दिनको तुलनामा बढेको छ। यस दिन ३०३ स्टकको
१ लाख ८ हजार ४०३ पटकको कारोबारमा ५ अर्ब ५८ करोड रुपैयाँ बराबरको १ करोड ६० लाख
५२ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।
आज नेप्सेमा ४ स्टकको शेयर सकारात्मक
सर्किट लेभलमा कारोबार भएको छ। यस दिन सिंगटी हाइड्रो इनर्जी, कालिका पावर कम्पनी, मुक्तिनाथ कृषि कम्पनी र नेपाल वेयर
हाउजिङ्ग कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो भने यस दिन सर्वाधिक
६.५६ प्रतिशतले सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको शेयरमूल्य घटेको छ।
यस दिन नेप्सेमा सोनापुर मिनरल्स एण्ड आयल लिमिटेडको सर्वाधिक कारोबार
भएको छ ।
यस दिन १३ उपसमूहमध्ये ४
उपसमूहको परिसूचक बढेको छ भने बाँकी ९ उपसमूहको परिसूचक
घटेको छ।
आज सर्वाधिक २.३४
प्रतिशतले व्यापार उपसमूहको परिसूचक बढेको हो भने जलविद्युत र
लगानी उपसमूहको परिसूचक पनि १ प्रतिशतभन्दा बढी
बढेको छ।
आज सर्वाधिक ३.७०
प्रतिशतले अन्य उपसमूहको परिसूचक यस दिन घटेको छ।
- न्युज बहार संवाददाता