Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

५.८३ अंकले घट्यि नेप्से, कारोबार रकममा केही सुधार

  •   ३ वर्ष अघि | १५ कार्तिक २०८०, बुधबार

कार्तिक १५, काठमाडौँ । आज बुधबार नेप्से परिसूचक ५.८३ अंक (०.३१ प्रतिशत)ले घटेर १८५८.५६ बिन्दुमा बन्द भएको छ।छ।

अघिल्लो दिनको तुलनामा बुधबार नेप्से परिसूचक घटेपनि कारोबार रकम भने बृद्धि भएको छ।

यस दिन २९६ वटा धितोपत्रको ३३ लाख ६४ हजार ५६ कित्ता सेयर किनबेचबाट ८१ करोड २० लाख ८९ हजार २९१ रुपैयाँ पुगेको छ भएको छ ।

बुधबार सयपत्री हाइड्रोपावरको सेयर मूल्य सर्वाधिक ९.३९ प्रतिशतले बढेको छ भने सेयर मूल्य सर्वाधिक ७.९९ प्रतिशतले घट्नेमा सोनापुर मिनरल्स रहेको छ।

यसदिन सोनापुर मिनरल्सको सर्वाधिक कारोबार भएको छ।
 
त्यस्तै, यस दिन कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये १२ वटा समूहको परिसूचक घट्दा लगानी समूहको परिसूचक ०.०८ प्रतिशतले बढेको छ ।

यसदिन सर्वाधिक १.०१ प्रतिशतले होटल्स तथा पर्यटन समूहको परिसूचक घटेको छ।

  • न्युज बहार संवाददाता

थप