साउन ३०, काठमाडौँ । मंगलबार साताको तेस्रो कारोबार दिन सेयर बजार दोहोरो अंकले घटेको छ ।
यस दिन नेप्से ३१.८० अंक (१.५३ प्रतिशत) ले घटेर बजार २०४५.४४ विन्दुमा आइपुगेको छ ।
आज कारोबारमा आएका म्यूचअल फण्डबाहेक सबै उपसूचक घटेका छन । जसमध्ये सबैभन्दा धेरै उत्पादन तथा प्रशोधन उपसूचक ४.२६ प्रतिशतले घटेको हो ।
मंगलबार २७८ धितोपत्रको ६१ हजार ३४१ कारोबारबाट ५६ लाख ३ हजार १७९ कित्ता सेयर किनबेचबाट २ अर्ब १५ करोड ७३ लाख १२ हजार ३६९ रुपैयाँ बराबरको कारोबार भएको छ ।
घटेको बजारमा आज इमर्जिङ नेपाल लिमिटेडको सेयर मूल्य सबैभन्दा धेरै ५.१८ प्रतिशतले बढेको छ भने हिमालयन डिष्टिलरीको सबैभन्दा धेरै ७.६९ प्रतिशतले घटेको छ ।
आज बजारमा हिमालयन डिष्टिलरी र शिवम सिमेन्ट बढी कारोबार भएको छ ।
- न्युज बहार संवाददाता