भदौ
३०, काठमाडौँ । आइतबार साताको पहिलो कारोबार दिन नेप्से परिसूचक घटेको छ ।
आइतबार नेप्से परिसूचक
५०.७३ अंकले घटेर २६३७.७९ विन्दुमा बन्द भएको छ।
यस दिन नेप्से घटेपनि कारोबार रकम भने बृद्धी भएको छ। बजारमा
यस दिन ३२४ स्टकको १ लाख १९ हजार ७३९ पटकको कारोबारमा १० अर्ब ३३ करोड ९२ लाख ३५
हजार रुपैयाँ बराबरको २ करोड ४८ लाख ४६ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।
आज
४ स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन हिमालयन
हाइड्रोपावर, रिभरफल्स पावर, इष्टर्न हाइड्रोपावर र रावा
इनर्जी र शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। यस दिन थ्रिस्टार
हाइड्रोपावरको शेयर भने नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ।
यस
दिन कारोबार रकमका आधारमा सिईडिबि हाइड्रोपावर डेभलपमेन्ट कम्पनी शीर्ष स्थानमा
रहेको छ। उक्त कम्पनीको यस दिन ६ करोड ३८ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री
भएको छ।
यस
दिन कारोबारमा आएका १३ वटा उपसमूहमा १३ वटैको परिसूचक घटेको छ। जसमध्ये सर्वाधकि
३.६३ प्रतिशतले होटल तथा पर्यटन उपसमूहको परिसूचक घटेको छ।
- न्युज बहार संवाददाता