Breaking News
प्रतीक अधिकारी: नेपग्यासमको युट्युब स्क्रिनबाट राष्ट्रिय मञ्चसम्मको प्रेरणादायी यात्रा    ||     युक्रेनी ड्रोन प्रहारले रूसका अनलाइन खुद्रा कम्पनीका गोदाम प्रभावित    ||     फ्रान्स र इंग्ल्यान्ड तेस्रो स्थानका लागी प्रतिस्पर्धा गर्दै    ||     अनुमति बिना ठूला पर्दामा विश्वकपका खेलहरु देखाउन रोक    ||     अण्डा प्रति किरेट ४५ रुपैयाँले महँगियो    ||     विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता आजदेखि सुरु हुँदै, मेसी र रोनाल्डोको अन्तिम विश्वकप!    ||     पोखरादेखि दुबईका लागि नियमित व्यावसायिक हवाई सेवा सञ्चालन हुने    ||     खुल्यो सर्वोत्तम पेन्ट्स आईपिओ    ||     आरोप प्रमाणसहित पुष्टि भए सार्वजनिक जीवनबाटै अलग हुन तयार छु : अर्थमन्त्री    ||     प्रतिनिधिसभाको उपसभामुख चयनकालागि निर्वाचन चैत २७ गते हुने    ||    

२८.६८ अंकले घट्यो नेप्से, बोटलर्स नेपाल (बलाजु) को शेयर भने सकारात्मक सर्किट लेभलमा कारोबार

  •   २ वर्ष अघि | १७ फाल्गुन २०८०, बिहिबार

फागुन १७, काठमाडौँ  । बिहिबार साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक घटेको छ । बिहीबार नेप्से परिसूचक २८.६८ अंक ( १.४३ प्रतिशत)ले घटेर १९७२.०९ विन्दुमा बन्द भएको छ।

यस दिन कारोबार रकम भने बढेको छ । आज ७४ लाख ४६ हजार कित्ता शेयर खरिदबिक्रीमा ३०९ स्टकको ४८ हजार ३४९ पटकको कारोबारमा २ अर्ब ५९ करोड ८७ लाख ३७ हजार रुपैयाँ बराबरको भएको छ।

आज घटेको बजारमा बोटलर्स नेपाल (बलाजु) को शेयर भने सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ भने यस दिन जोशी हाइड्रोपावरको शेयर भने नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ।

यस दिन १३ वटै उपसमूह परिसूचकमा १३ वटा उपसुमह घटेको छ । आज सर्वाधिक ३.२१ प्रतिशतले वित्त उपसमूहको परिसूचक घटेको छ।

यस दिन कारोबार रकमका आधारमा सोनापुर मिनरल्स एण्ड आयल लिमिटेडको सर्वाधिक कारोबार भएको छ । आज यस कम्पनीको ११ करोडभन्दा बढीको शेयर खरिदबिक्री भएको छ। 

  • न्युज बहार संवाददाता

थप