Breaking News
प्रतीक अधिकारी: नेपग्यासमको युट्युब स्क्रिनबाट राष्ट्रिय मञ्चसम्मको प्रेरणादायी यात्रा    ||     युक्रेनी ड्रोन प्रहारले रूसका अनलाइन खुद्रा कम्पनीका गोदाम प्रभावित    ||     फ्रान्स र इंग्ल्यान्ड तेस्रो स्थानका लागी प्रतिस्पर्धा गर्दै    ||     अनुमति बिना ठूला पर्दामा विश्वकपका खेलहरु देखाउन रोक    ||     अण्डा प्रति किरेट ४५ रुपैयाँले महँगियो    ||     विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता आजदेखि सुरु हुँदै, मेसी र रोनाल्डोको अन्तिम विश्वकप!    ||     पोखरादेखि दुबईका लागि नियमित व्यावसायिक हवाई सेवा सञ्चालन हुने    ||     खुल्यो सर्वोत्तम पेन्ट्स आईपिओ    ||     आरोप प्रमाणसहित पुष्टि भए सार्वजनिक जीवनबाटै अलग हुन तयार छु : अर्थमन्त्री    ||     प्रतिनिधिसभाको उपसभामुख चयनकालागि निर्वाचन चैत २७ गते हुने    ||    

आज पनि घट्यो नेप्से, १२ उपसमूहको परिसूचकमा गिरावट

  •   २ वर्ष अघि | २४ बैशाख २०८१, सोमवार

बैशाख २४, काठमाडौँ । सोमबार साताको दोस्रो कारोबार दिन पनि नेप्से परिसूचक घटेको छ ।

आज नेप्से परिसूचक १५.६२ अंक( ०.७९ प्रतिशत)ले घटेर १९५८.७५ विन्दुमा बन्द भएको छ। 

यस दिन नेप्सेसँगै कारोबार रकम पनि घटेको छ । यस दिन ३१० स्टकको ४८ हजार ७०९ पटकको कारोबारमा २ अर्ब ८९ करोड १३ लाख रुपैयाँ बराबरको ६९ लाख ७८ हजार कित्ता शेयर खरिदबिक्री भएको हो।

आज घटेको बजारमा बोटलर्स नेपाल (तराई) को शेयरमूल्य सर्वाधिक ९.०३ प्रतिशतले बढेको छ ।

त्यस्तै दुई स्टकको शेयर नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन दोल्ती पावर र पोखरा फाइनान्सको शेयर नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ।

कारोबार रकमका आधारमा यस दिन सिटिजन लाइफ इन्स्योरेन्स शीर्ष स्थानमा रहेको छ। सक्त कम्पनिको  यस दिन ३१ करोड ९८ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ।

यस दिन ककारोबारमा आएका १३ उपसमूहमध्ये १ उपसमूहको परिसूचक बढेको छ भने १२ उपसमूहको परिसूचक घटेको छ ।

आज सर्वाधीक विकास बैंक उपसमूहको परिसूचक ०.२३ प्रतिशत बढेको छ भने वित्त उपसमूहको परिसूचक सर्वाधिक १.९६ प्रतिशतले घटेको छ। 

  • न्युज बहार संवाददाता

थप