Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

सर्वसाधारणकालागी खुल्यो माण्डु हाइड्रोपावरको आइपिओ, कसरी दिने आवेदन?

  •   ३ वर्ष अघि | १० भदौ २०८०, आइतवार

भदौ १०, काठमाडौँ । आज आइतबारदेखि माण्डु हाइड्रोपावरले सर्वसाधारणका लागि प्रिमियममा आइपिओ निष्कासन गरेको छ। 

सर्वसाधारण लगानीकर्ताहरूले कम्पनीको १२ लाख ५ हजार ३२० कित्ता सेयरका लागि आवेदन दिन सक्ने छन ।

यस आइपिओमा न्यूनतम १० कित्ता देखी अधिकतम५० हजार कित्ता सम्मका लागी आवेदन दिन सकिनेछ। 

उक्त आइपिओमा आज देखि भदौ १३ गतेसम्म आवेदन दिन सकिनेछ।

कम्पनीलाई इक्रा नेपालले प्रदान गरेको रेटिङमा 'इक्रा एनपी इस्युअर रेटिङ ट्रिपल बी माइनस' प्रदान गरेको छ। यसको मतलब कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको भन्ने जनाउँछ।

प्रभु क्यापिटल कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक रहेको छ। 

लगानीकर्ताहरुले यस कम्पनिको आइपिओमा नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सी आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरू र तिनका तोकिएका शाखा कार्यालयहरूका साथै  सिडिएस एण्ड क्लियरिङले निर्माण गरेको सफ्टवेयर 'मेरो सेयर' अनलाइन प्रयोग गरी सी–आस्बा प्रणालीमार्फत आवेदन दिन सक्नेछन्।

  • न्युज बहार संवाददाता

थप