Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

हिमालयन रिइन्स्योरेन्सको आईपीओ भर्ने सबैले सेयर पाउने पक्का, कति कित्ता पर्ने सम्भावना ?

  •   ३ वर्ष अघि | २ पुस २०८०, सोमवार

पुस २, काठमाडौँ हिमालयन रिइन्स्योरेन्सको आईपीओ भर्ने सबैले कम्तिमा १० कित्ता पाउने भएका छन । १० कित्ता सबैले पाएता पनि २० कित्ता पाउन भने भाग्यकै भरोसा पर्नु पर्ने छ। २० कित्ता पाउन चान्स भने ५० प्रतिशत मात्र रहेको छ।

हिमालयन रिइन्स्योरेन्स लिमिटेडको आईपीओ भर्ने सबैले सेयर पाउने पक्का भएको छ । अन्तिम दिनसम्ममा कम्पनीको आईपीओका लागि साढे १६ लाख बढी आवेदकले आवेदन दिएका छन् । सोमबारसम्म कम्पनीको आईपीओमा माग भन्दा बढी आवेदन परेको छ।

सोमबार बेलुकी ५ बजेर ८ मिनेटसम्म कम्पनीमा १६ लाख ६० हजार २२ आवेदकबाट ३ करोड २२ लाख १५ हजार ७० कित्ता शेयरको लागि आवेदन परेको छ ।अब कम्पनीले आइपीओ भर्ने २४ लाख ९० हजार आवेदकलाई शेयर वितरण गर्नेछ ।

कम्पनीले १ सय ६ रुपैयाँ प्रिमियम थप गरी २ सय ६ रुपैयाँ मूल्यमा जारी पुँजीको ३० प्रतिशत अर्थात ३ अर्ब रुपैयाँ बराबरको आईपीओ निष्काशन गरेको थियो । 

  • न्युज बहार संवाददाता

थप