साउन २५, काठमाडौँ । साउन ३२ गतेदेखि सन नेपाल लाइफ इन्स्योरेन्सले सर्वसाधारणका लागि आइपिओ निष्कासन गर्ने भएको छ।
७६ लाख ८० हजार कित्ता सेयरका लागि सर्वसाधारणले १०० रुपैयाँ अंकित मूल्यमा १३९ रुपैयाँ प्रिमियम थप गरी कुल प्रतिकित्ता २३९ रुपैयाँमा आवेदन दिन सक्नेछन्।
यस कम्पनीको
आइपिओमा न्यूनतम १० कित्ता देखी अधिकतम २० हजार कित्ता सम्मका लागि आवेदन दिन
सकिनेछ।
सो
आइपिओमा साउन ३२ गते देखी भाद्र ४ गतेसम्म आवेदन दिन सकिनेछ। तोकिएको उक्त समयसम्म
सबै सेयर माग गरि आवेदन नपरेमा बिक्री अवधि भदौ १४ गतेसम्म थपिनेछ।
केयर
रेटिङ नेपालले सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीलाई 'केयर एनपी ट्रिपल बी माइनस इस्युअर' रेटिङ प्रदान गरेको छ। यसको मतलब
कम्पनी समयमा नै वित्तीय दायित्व बहन गर्न सक्षम रहेको औषतस्तरको सुरक्षित रहेको हो।
यस कम्पनिमा लगानी गर्न चाहाने लगानीकर्ताहरुले
नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सी–आस्बा
सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरू र तिनका शाखा कार्यालयहरू तथा सिडिएस एण्ड
क्लियरिङबाट उपलब्ध गराएको 'मेरो
सेयर' सफ्टवेयरबाट हनलाईन आवेदन दिन सक्ने व्यवस्था
गरिएको छ।
- न्युज बहार संवाददाता