Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

असोज १४ गतेदेखी खुल्दै ९७ लाख ३२ हजार कित्ता आईपीओ

  •   ३ वर्ष अघि | ५ असोज २०८०, शुक्रबार

असोज ५, काठमाडौँ । असोज १४ गतेदेखि सोनापुर मिनरल्स एण्ड आयल लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको छ। कम्पनीले सर्वसाधारण लगानिकर्ताका लागि आईपीओ निष्काशन गर्न लागेको हो।

प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यमा १३७ रुपैयाँ ५८ पैसा प्रिमियम थप गरी कुल २३७ रुपैयाँ ५८ पैसामा कम्पनीले सर्वसाधारणका लागि ९७ लाख ३२ हजार ५४४ कित्ता शेयर निष्काशन गर्न लागेको हो।

यस  कम्पनिको आईपीओमा न्यूनतम १० कित्तादेखी अधिकतम १५ लाख कित्ताका लागि आवेदन दिन सकिनेछ। कम्पनिको आइपिओ निष्काशन बन्द हुने मिती छिटोमा असोज १७ गते र ढिलोमा असोज २८ गते हुनेछ।

इन्फोमेरिक्स क्रेडिट रेटिङ्ग नेपालले आईपीओ निष्काशनको लागि गराएको रेटिङ्गमा कम्पनीलाई आईआरएन ट्रिपल बी माइनस इस्यूअर रेटिङ्ग प्रदान गरेको छ। यस रेटिङ्गले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्छ।

एनआईएमबि एस क्यापिटल लिमिटेड कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक रहेको छ।

यस कम्पनिको आइपिओमा लगानी गर्न चाहाने लगानीकर्ताहरुले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सि आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका शाखा कार्यालयहरु तथा सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडको सफ्टवेयर ‘मेरो शेयर’ अनलाइन आवेदन दिन सक्नेछन्।

  • न्युज बहार संवाददाता

थप