Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

नेप्सेमा हरियाली ६२.२१ अंकको बृद्धि, कारोबार रकम साढे ६ अर्ब पुग्यो।

  •   ३ वर्ष अघि | १० असार २०८०, आइतवार

असार १०, काठमाडौँ । साताको पहिलो कारोबार दिन अर्थात आज आइतबार सेयर बजारमा निकै उत्साह देखिएको छ । आज कारोबार रकम साढे ६ अर्ब पुगेको छ भने यस दिन बजार ३.०३ प्रतिशत ६२.२१ अंकले बढेर २११७.७३ विन्दुमा रोकिएको छ ।

आइतबार सबै उपसूचकमा लगानीकर्ताको उत्साह देखिएको छ। उपसूचकमा मध्ये सबैभन्दा धेरै जीवन बीमा कम्पनीको  उपसुचक बढेको छ। यस दिन यस समुहमा ७.७९ प्रतिशत वृद्धि भएको छ। आज आइतबार २२ वटा धितोपत्रको सकारात्मक सर्किट लेवलमा कारोबार भएको छ ।

यस दिन कुल २७५ धितोपत्रको ९० हजार २४९ वटा कारोबारबाट १ करोड ४७ लाख ५१ हजार २४७ कित्ता सेयर किनबेच भएको छ । यसवाट कुल ६ अर्ब ४९ करोड ४ लाख १२ हजार ६६५ रुपैयाँको कारोबार भएको छ ।

आज बजारमा शिवम् सिमेन्ट, सोल्टी होटेल, हिमालयन डिष्टिलरीसहितका धितोपत्रको धेरै कारोबार भएको छ ।

  • न्युज बहार संवाददाता

थप