फागुन ११, काठमाडौँ । आइतबार साताको पहिलो कारोबार दिन नेप्से परिसूचक बढेर बन्द भएको छ। आइतबार नेप्से परिसूचक ११.६६ अंकले बढेर २७५५.४० विन्दुमा बन्द भएको हो ।
यस दिन नेप्सेसँगै कारोबार रकम पनि बढेको छ। बजारमा यस
दिन ३२८ स्टकको १ लाख ८ हजार ९१३ पटकको कारोबारमा ११ अर्ब ५४ करोड ८३ लाख ३७ हजार
रुपैयाँबराबरको २ करोड १२ लाख ६ हजार कित्ता शेयर खरिदबिक्री भएको हो ।
यस दिन गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको शेयर
सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ
भने यस दिन रिभर फल्स पावरको शेयरमूल्य सर्वाधिक ७.२४
प्रतिशतले
घटेको छ।
यस दिन कारोबार रकमका
आधारमा हिमालयन रि इन्स्योरेन्स शीर्ष स्थानमा रहेको छ। उक्त कम्पनीको यस दिन ९५
करोड ६४ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।
आज
कारोबारमा आएको १३ उपसमूहमध्ये ७ उपसमूहको परिसूचक बढेको छ भने ६ उपसमूहको परिसूचक
घटेको छ।
यस
दिन सर्वाधिक ३.७२ प्रतिशतले अन्य उपसमूहको परिसूचक बढेको छ भने व्यापार उपसमूहको
परिसूचक सर्वाधिक १.३२ प्रतिशतले घटेको छ।
- न्युज बहार संवाददाता