Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

साताको पहिलो कारोबार दिन सेयर बजार परिसूचक नेप्सेमा २५.६३ अंकको गिरावट

  •   ३ वर्ष अघि | ७ माघ २०८०, आइतवार

माघ ७, काठमाडौँ । सेयर बजार परिसूचक नेप्सेमा साताको पहिलो कारोबार दिन ह्रास आएको छ।

समग्र परिसूचक आइतबार २५.६३ अंक ( १.१८ प्रतशत)ले घटेर २१३०.१८ बिन्दुमा बन्द भएको छ । 

आज सेयर बजारमा अधिकांश बैंकहरूको खराज कर्जामा सुधार नआएको र नाफा घटेको कारण यसको प्रभाव देखिएको हो।

यसदिन क' वर्गका कम्पनीहरूको मापन गर्ने सेन्सेटिभ इन्डेक्स ७.४१ अंकले घटेको छ। 

आज ३०८ वटा ऋणपत्र तथा धितोपत्रको कारोबार हुँदा ९० वटाको मूल्य बढेको छ। त्यस्तै, २०२ वटाको मूल्य घटेको छ भने १६ वटाको मूल्य स्थिर रहेको छ। 

यस दिन सात अर्ब ६७ करोड ७७ लाख ४० हजार रूपैयाँ बराबरको कारोबार भएको छ।

  • न्युज बहार संवाददाता

थप