Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

साताको अन्तिम कारोबार दिन नेप्सेमा करेक्सन, कारोबार रकम पनि घट्यो

  •   ३ वर्ष अघि | ५ पुस २०८०, बिहिबार

पुस ५, काठमाडौँ । साताको अन्तिम कारोबार दिन अर्थात बिहिबार ‘करेक्सन’ आएको छ । लगातार बढेको ७ कारोबार दिनपछि  आज आठौं दिन यस दिन नेप्से परिसूचक अघिल्लो दिनको तुलनामा ३२.७७ अंक (१.५३ प्रतिशत)ले घटेर २१०९ विन्दुमा बन्द भएको छ ।

बिहीबार नेप्से परिसुचकसँगै कारोबार रकम पनि घटेको छ । यस दिन ६ अर्ब २७ करोडको कारोबार भयो । आज १९१ वटा कम्पनिको मुल्य घटेको छ भने ५० वटा कम्पनीको मूल्य बढेको छ । ३ वटा कम्पनिको सेयर मुल्य स्थिर रहेको छ ।

समग्र बजार घट्दा पनि १० कम्पनीको सेयर मूल्य भने १० प्रतिशत बढेको छ। आशा लघुवित्त, बोटलर्स नेपाल बालाजु, बीपीडब्लू लघुवित्त, धौलागिरि लघुवित्त, चिरख्वा हाइड्रोपावर, भिजन लुम्बिनी ऊर्जा, मुक्तिनाथ कृषि कम्पनी, माण्डु हाइड्रोपावर नेपाल रिपब्लिक मिडिया, र नेपाल वेयरहाउजिङ कम्पनीको मूल्य १० प्रतिशत बढ्यो ।

सूर्याज्योति लाइफ इन्स्योरेन्सको मूल्य सबैभन्दा धेरै ७.४ प्रतिशत घट्यो । कारोबार रकमका आधारमा शिवम् सिमेन्टको सर्वाधीक कारोबार भएको छ ।

आज नेप्सेमा उत्पादन र ब्यापार बाहेकका सबै उपसमूह घटेका छन् । उत्पादन समूह २.३ प्रतिशत र व्यापार ०.५ प्रतिशत बढेको छ भने विकास बैंक र फाइनान्स समूह सबैभन्दा धेरै ३–३ प्रतिशत घटेका छन ।

  • न्युज बहार संवाददाता

थप