Breaking News
प्रतीक अधिकारी: नेपग्यासमको युट्युब स्क्रिनबाट राष्ट्रिय मञ्चसम्मको प्रेरणादायी यात्रा    ||     युक्रेनी ड्रोन प्रहारले रूसका अनलाइन खुद्रा कम्पनीका गोदाम प्रभावित    ||     फ्रान्स र इंग्ल्यान्ड तेस्रो स्थानका लागी प्रतिस्पर्धा गर्दै    ||     अनुमति बिना ठूला पर्दामा विश्वकपका खेलहरु देखाउन रोक    ||     अण्डा प्रति किरेट ४५ रुपैयाँले महँगियो    ||     विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता आजदेखि सुरु हुँदै, मेसी र रोनाल्डोको अन्तिम विश्वकप!    ||     पोखरादेखि दुबईका लागि नियमित व्यावसायिक हवाई सेवा सञ्चालन हुने    ||     खुल्यो सर्वोत्तम पेन्ट्स आईपिओ    ||     आरोप प्रमाणसहित पुष्टि भए सार्वजनिक जीवनबाटै अलग हुन तयार छु : अर्थमन्त्री    ||     प्रतिनिधिसभाको उपसभामुख चयनकालागि निर्वाचन चैत २७ गते हुने    ||    

नेप्सेसँगै कारोबार रकममा पनि गिरावट

  •   २ वर्ष अघि | २५ भदौ २०८१, मङ्लबार

भदौं २५, काठमाडौँ । आज मंगलबार नेप्से परिसूचक घटेर बन्द भएको छ। यस दिन नेप्से परिसूचक १३.०९ अंक(०.४९ प्रतिशत)ले घटेर २६३२.९४ विन्दुमा बन्द भएको हो ।

आज नेप्सेसँगै कारोबार रकम पनि घटेको छ। बजारमा यस दिन ३२८ स्टकको ९३ हजार ४५९ पटकको कारोबारमा ७ अर्ब २४ करोड ५५ लाख ६८ हजार रुपैयाँ बराबरको १ करोड ९० लाख ७७ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

आज सर्वाधिक १० प्रतिशतले मानुषी लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य बढेको छ। कारोबारमा आएको सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम ३ को इकाईमूल्य सर्वाधिक ८.८२ प्रतिशतले घटेको छ।

यस दिन कारोबार रकमका आधारमा एचआईडिसिएलको संस्थापक शेयर शीर्ष स्थानमा रहेको छ। उक्त कम्पनीको यस दिन २९ करोड ८१ लाख रुपैयाँ बराबरको संस्थापक शेयर कारोबार भएको छ।

यस दिन कारोबारमा आएको १३ वटै उपसमूहको परिसूचक घटेको  छ ।

यस दिन सर्वाधिक १.०५ प्रतिशतले वित्त र जलविद्युत उपसमूहको परिसूचक घटेको हो । 

  • न्युज बहार संवाददाता

थप