Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

लगातार तीन दिनको करेक्सन पछी आज सामान्य अंकले बढ्यो नेप्से।

  •   ३ वर्ष अघि | ७ असार २०८०, बिहिबार

असार ७, काठमाडौँ। लगातार तीन दिनको करेक्सन पछी साताको अन्तिम कारोबार दिन अर्थात आज बिहिबार सेयर बजार परिसुचक नेप्से बढेको छ।

आज बिहीबार नेप्से परिसूचक ४.७५ अंकले बढेको छ। 

यस दिन नेप्से ०.२३ प्रतिशतले बढी २०५५.५३ बिन्दुमा पुगेर बन्द भएको छ।

यस दिन नेप्से परिसूचक बढेपनि कारोबार रकम भने अघिल्लो दिनको तुलनामा घटेको छ। यस दिन कारोबार रकम घटेर ३ अर्ब ४४ करोड ४८ लाख ६२ हजार ५०१ रुपैयाँमा पुगेको छ।

यस दिन २७६ वटा धितोपत्रको ८० लाख ८ हजार २४६ कित्ता सेयर किनबेच भएको हो।

आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये होटल्स तथा पर्यटन, जीवन बीमा, निर्जीवन बीमा र अन्य समूहको परिसूचक बढेको छ भने बाँकी अन्य ९ समूहको परिसूचकमा गिरावट आएको छ।

  • न्युज बहार संवाददाता

थप