Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

नयाँ अर्थमन्त्री नियुक्तिपछि दोहोरो अंककले बढ्यो नेप्से

  •   ३ वर्ष अघि | २४ फाल्गुन २०८०, बिहिबार

फागुन २४, काठमाडौँ । नयाँ अर्थमन्त्री नियुक्तिपछिको पहिलो कारोबार दिन तथा साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक बढेर बन्द भएको छ ।  

यसदिन नेप्से परिसूचक १३.५१ अंक(०.६७ प्रतिशत)ले बढेर २०३०.५५ विन्दुमा बन्द भइएको छ।

नेप्से दोहोरो अंकले बढ्दापनि अघिल्लो कारोबार दिनको तुलनामा यस दिन कारोबार रकम भने सामान्य घटेको छ। बिहिबार ३०९ स्टकको ४७ हजार ६९९ पटकको कारोबारमा ३ अर्ब १९ करोड ९२ लाख रुपैयाँ बराबरको ८९ लाख २९ हजार कित्ता शेयर किनबेच भएको छ।

आज पिपुल्स हाइड्रोपावर कम्पनी लिमिटेडको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन सर्वाधिक ६.२१ प्रतिशतले एनआईसी एशिया ग्रोथ फण्ड २ को इकाईमूल्य घटेको छ।

यस दिन नेपाल पुनर्बीमा कम्पनीको संस्थापक शेयर कारोबार रकमका आधारमा शीर्ष स्थानमा रहेको छ। यस कम्पनीको ५६ करोड २० लाख रुपैयाँ बराबरको संस्थापक शेयर कारोबार भएको छ।

यस दिन १३ उपसमूहमध्ये ३ उपसमूहको परिसूचक घटेको छ भने १० उपसमूहको परिसूचक बढेको छ । यस दिन सर्वाधिक १.५६ प्रतिशतले निर्जीवन बीमा उपसमूहको परिसूचक बढेको छ भने कारोबारमा आएका म्युचुअल फण्ड, होटल तथा पर्यटन र व्यापार उपसमूहको परिसूचक घटेको हो।

 

  • न्युज बहार संवाददाता

थप