फागुन
१९, काठमाडौँ । सोमबार साताको दोस्रो कारोबार दिन नेप्से परिसूचक घटेर बन्द भएको छ
।
सोमबार नेप्से परिसूचक १३.६२ अंकले घटेर २८७६.६६ विन्दुमा बन्द भएको हो ।
नेप्से
घटेपनि यस दिन कारोबार रकम भने बढेको छ। बजारमा यस दिन ३०० स्टकको १ लाख ३९ हजार
५५५ पटकको कारोबारमा १४ अर्ब २८ करोड ४५ लाख १० हजार रुपैयाँबराबरको ३ करोड १२ लाख
४१ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।
आज गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको शेयर सकारात्मक
सर्किट लेभलमा कारोबार भएको छ । यस दिन समाज लघुवित्त वित्तीय संस्थाको शेयर
नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ ।
यस दिन कारोबार रकमका
आधारमा हिमालयन रि इन्स्योरेन्स शीर्ष स्थानमा रहेको छ । उक्त कम्पनीको यस दिन १
अर्ब ३८ करोड रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको छ ।
आज कारोबारमा आएका १३
उपसमूहमध्ये ५ उपसमूहको परिसूचक बढेको छ भने ८ उपसमूहको परिसूचक घटेको छ ।
यस दिन सर्वाधिक १.६८
प्रतिशतले अन्य उपसमूहको परिसूचक बढेको छ भने कारोबारमा आएको होटल तथा पर्यटन उपसमूहको
परिसूचक भने सर्वाधिक १.८८ प्रतिशत घटेको छ।
- न्युज बहार संवाददाता