Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

मकैको च्याख्ला खानुका फाइदाहरु के के हुन?

  •   २ वर्ष अघि | ३० भदौ २०८१, आइतवार

भदौ ३०, काठमाडौँ । आज भोली हामीले भात अर्थात चामलको विकल्पका रुपमा मकैको च्याख्ला  खाने गरेको पाइन्छ । के चामलको साटो मकैको च्याख्ला  खाँदा यो चाँही फाइदाजनक हुन्छ त ? यस्तै प्रश्नको जवाफ स्वरुप हामीले एउटा सानो सामाग्री तयार पारेका छौँ।

यदी तपाइसँग मकैको च्याख्ला  उपलब्ध छ भने चामल अर्थात भातको साटो तपाइले मकैको च्याख्ला  खानु स्वास्थ्यको हिसाबले राम्रो मानिन्छ । तर, चामल चाहिँ विष नै हो यो खान छुन हुदैँ हुँदैन भन्नु चाँही गलत हो । मकैको च्याख्ला खानुका फाइदाहरु के के छन त ? आउँनुस एकछिन चर्चा गरौँ ।

 च्याख्ला फाइबरको राम्रो स्रोत हो

मकैको च्याख्लामा धेरै फाइबर हुन्छ । यसमा भिटामिन ए, भिटामिन सी, एन्टिअक्सिडेन्ट पनि पाइन्छ त्यसैले च्याख्ला  खानु स्वास्थ्यको लागि राम्रो मनिन्छ हो ।

च्याख्ला ले पाचन प्रणाली राम्रो बनाउँछ

च्याख्लामा प्रशस्त मात्रामा फाइबर हुने भएकोले पाचन प्रणालीलाई राम्रो बनाउँछ  । यसले पेट सफा राख्न मद्दत गर्छ । यसमा विभिन्न भिटामिन मिनरल्स पनि पाइने भएकोले यसले शरीरलाई चाहिने पोषण पनि पनि प्रदान गर्छ ।

च्याख्ला पोषक तत्वको भण्डार हो

तुलनाआत्कम रुपमा बजारमा पाइने चामलमा भन्दा च्याख्लामा  धेरै पोषक तत्त्व पाइन्छ । मकैको बोक्रासहित बनाइने भएकोले च्याख्लामा भिटामिन सी, डी, इ लगायतका भिटामिनहरूका साथै यसमा प्रशस्त फाइबर पनि हुन्छ ।

  • सृजना प्याकुरेल

थप