पुस १०, काठमाडौँ । आज मार्गशीर्ष शुक्ल पूर्णिमाका दिन नेवार समुदायले नयाँ धान भित्र्याएको खुसीयालीमा यःमरी पूर्णिमा अर्थात् यःमरी पुन्हि मनाउँदैछन्।
नेपाल
भाषामा ‘यः’ को अर्थ मनपर्ने
र ‘मरी’ भनेको रोटी र पुन्हिको अर्थ
पूर्णिमा हो । युगौँदेखि यसरी धानको विधिपूर्वक पूजाआजा एवं दान गरी धान्यपूर्णिमा
पर्व मनाउने प्रचलन जारी रहेको छ । यःमरी पुन्हि नेवार समुदायले ठूलो चाडका रूपमा
मनाउने गर्छन्। यस पर्वलाई खाद्य पदार्थको रसिलो चाडका रुपमा पनि लिइन्छ । यस दिन साथै
धान कुटेर चामलको पिठो बनाइ चामलको पिठोमा खुवा, चाकु र तिल राखेर मिठो यःमरी बनाउने
गरिन्छ।
आज
बिहानदेखि घरघरका महिला यःमरी बनाउन व्यस्त भएका छन्। आज बिहानै उठेर स्नान
गरिसकेपछी घरमा लिपपोत गरी यःमरी पकाउने प्रचलन रहेको छ। संस्कृतिविद्
तेजेश्वरबाबु ग्वँगका अनुसार यो पर्वलाई नेवार समुदायले नवअन्नप्राशनका रूपमा समेत
मनाउने गरेका छन ।
यसदिन
धान, कूलदेवता, गणेश, गोठदेवता, गैडुदेवता, महालक्ष्मी, महारुद्रलगायत
देवताको पनि पूजा गर्ने र नयाँ भित्रिएको धान कुटेर चामल बनाइ त्यसबाट पिठो पिँधेर
बाबर, सेल, पुरी मालपुवा बनाएर
चढाउने परम्परा रहेको छ
- न्युज बहार संवाददाता