Breaking News
प्रतीक अधिकारी: नेपग्यासमको युट्युब स्क्रिनबाट राष्ट्रिय मञ्चसम्मको प्रेरणादायी यात्रा    ||     युक्रेनी ड्रोन प्रहारले रूसका अनलाइन खुद्रा कम्पनीका गोदाम प्रभावित    ||     फ्रान्स र इंग्ल्यान्ड तेस्रो स्थानका लागी प्रतिस्पर्धा गर्दै    ||     अनुमति बिना ठूला पर्दामा विश्वकपका खेलहरु देखाउन रोक    ||     अण्डा प्रति किरेट ४५ रुपैयाँले महँगियो    ||     विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता आजदेखि सुरु हुँदै, मेसी र रोनाल्डोको अन्तिम विश्वकप!    ||     पोखरादेखि दुबईका लागि नियमित व्यावसायिक हवाई सेवा सञ्चालन हुने    ||     खुल्यो सर्वोत्तम पेन्ट्स आईपिओ    ||     आरोप प्रमाणसहित पुष्टि भए सार्वजनिक जीवनबाटै अलग हुन तयार छु : अर्थमन्त्री    ||     प्रतिनिधिसभाको उपसभामुख चयनकालागि निर्वाचन चैत २७ गते हुने    ||    

आज तिहारको तेस्रो दिन गाईको पूजाआजा गरी मनाइँदै

  •   ३ वर्ष अघि | २७ कार्तिक २०८०, सोमवार

कार्तिक २७, काठमाडौँ । यमपञ्चक अर्थात तिहारको तेस्रो तथा कार्तिक शुक्ल प्रतिपदाको दिन गाईको पूजाआजा गरी मनाइँदैछ । वैदिक सनातन कालदेखिको परम्परा अनुसार गाईलाई पवित्र मानी पूजा गर्ने गरिएको हो । आमाले खुवाएको दूध जस्तै गाईले दिने दुध पनि पौष्टिक हुने भएकाले गाइलाई गौमाता भनी सम्मान गर्ने गरिन्छ । 

आधुनिक विज्ञानले पनि प्रमाणित गरे अनुसार स्थानीय जातका गाईमा हुने जुरोले सूर्य र चन्द्रमाबाट ऊर्जा लिई दूध, गहुँत र गोबरका माध्यमबाट मानिसमा शक्ति दिने हुनाले गाईको महत्व रहेको छ ।

धार्मिक विश्वास अनुसार गाईको पूजा गरी आजका दिन गाइलाई मीठा परिकार खान दिएमा गाईबाट पाइने शुद्धता सधैँ प्राप्त हुने छ। 

  • न्युज बहार संवाददाता

थप