चैत १, काठमाडौँ
। आज बिहिबार अर्थात मार्च १४ तारिकका दिन ‘मिर्गौला उपचारमा सबैको समान
पहुँच र सुरक्षित चिकित्सकीय अभ्यास’ भन्ने नाराका साथ विश्व
मिर्गौला दिवस मनाइँदैछ । बर्सेनि मार्च १४ गते मिर्गौला सम्बन्धित सचेतना मुलक विभिन्न
कार्यक्रम गरी यो दिवस मनाइँदै आएको छ ।
विश्वभर
नै मिर्गौला रोगको प्रकोप बढिरहेको समयमा सबैलाई यस्तो रोगको पहिचान तथा उपचार र
रोकथामका महत्त्वपूर्ण उपायहरूबारे सचेत गराउने उद्देश्यले मिर्गौला दिवस मनाइने
गरिन्छ । यो वर्ष पनि विश्व मिर्गौला दिवसका अवसरमा नेपालमा विभिन्न कार्यक्रमको
आयोजना गरिएको छ ।
आज अंग
प्रत्यारोपण समाज नेपाल र नेपाल प्रत्यारोपण सोसाइटीले संयुक्त रूपमा कार्यक्रमको आयोजना
गरेको छ । आयोजक संस्थाले आज बिहीबार बिहान ७:४५ बजेदेखि रत्नपार्क, शान्ति बाटिकाबाट मिर्गौला
पदयात्रा गर्ने जनाएको छ ।
- न्युज बहार संवाददाता