चैत १०, काठमाडौं । क्षयरोगबाट कसैले पनि अकालमा
ज्यान गुमाउन नपरोस् भनेर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कामना गरेका छन्
। आज विश्व क्षयरोग दिवसको अवसरमा शुभकामना सन्देश दिंदै उनले उपचाररत
क्षयरोगीहरुको शीघ्र स्वास्थ्य लाभको कामना समेत गरेका छन्।
उनले आजको कार्यक्रममा भनेका छन्, ‘भविष्यमा यस रोगबाट कसैको पनि अकालमा
मृत्यु नहोस् भन्ने कामना गर्दछु ।’ उनले क्षयरोगबाट विगतमा ज्यान गुमाएकाका
परिवारहरु प्रति समवेदना पनि प्रकट गरेका छन् ।
विश्व क्षयरोग दिवसको अवसरमा प्रधानमन्त्री
प्रचण्डले नेपाल सरकारको तर्फबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा क्षयरोग
अन्त्यका लागि गरिएका प्रतिबद्धताहरुलाई पूरा गर्ने प्रतिबद्धता पनि जनाएका छन्।
- न्युज बहार संवाददाता