फागुन
२४, काठमाडौँ । आज ११४ औँ अन्तर्राष्ट्रिय महिला दिवस । हरेक वर्ष आठ मार्चका दिन
यस दिवस मनाइने गरिन्छ । यस अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा आज विश्वभर विविध
कार्यक्रमको आयोजना गरी मनाइँदै छ ।
नारी
मुक्ति आन्दोलनकी अभियन्ता क्लारा जेट्किनले सन् १९११ मार्च ८ का दिन महिला
कामदारमाथि भएको श्रम शोषणविरुद्ध आवाज उठाएको दिनको स्मरण गर्दै विश्वभर महिला
दिवस मनाउने प्रचलन सुरु भएको हो । नेपालमा पनि विभिन्न महिला केन्द्रित संघ
संस्थाहरु लगायत महिला अभियान्ताहरुको अगुवाइमा यस दिनमा विशेष कार्यक्रमको आयोजना
गरि मनाइने गरिन्छ ।
यस
वर्षको महिला दिवसको नारा ‘महिलामा लगानी, सभ्य र समुन्नत समाजको थालनी’ भन्ने रहेको छ ।
- न्युज बहार संवाददाता