Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

आज हिमाली एवं पहाडी जिल्लामा हर्षोल्लासका साथ होली पर्व मनाइदैँ

  •   ३ वर्ष अघि | ११ चैत्र २०८०, आइतवार

चैत ११, काठमाडौँ ।  आज हिमाली एवं पहाडी जिल्लामा हर्षोल्लासका साथ होली पर्व मनाइदैँ छ । हरेक वर्ष फागुन शुक्ल पूर्णिमाका दिन फागु पर्व मनाइने गरिन्छ । परम्परागत रूपमा विभिन्न रङ र लोला खेली वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आउने फागु पर्वलाई नेपालीहरुले महान चाडका रुपमा मनाउने परम्परा रहेको छ ।

आज काठमाडौँको वसन्तपुरमा होली पर्वका अवसरमा उपस्थित मानिसले वातावरणलाई नै रङ्गीचङ्गी तुल्याउँदै त्यहाँ गाडिएको चीरलाई विधिपूर्वक ढाली बाजागाजाका साथ टुँडिखेलमा लगेर जलाउँने गर्दछन । औषधोपचारको काममा उक्त चीरमा राखिएका ध्वजापताका काम आउने विश्वासका साथ लुछाचुँडी गरी लिने र चीरको खरानीको टीका लगाउँदा अनिष्ट टर्छ भन्ने विश्वास रहेको छ ।

सरकारले परम्परादेखि फागु पर्वका उपलक्ष्यमा सार्वजनिक बिदा दिँदै आएको छ । यो पर्व तराई क्षेत्रमा भने पूर्णिमाको भोलिपल्ट मनाउने गरिन्छ । 

 

  • न्युज बहार संवाददाता

थप