बैशाख ६, काठमाडौँ । नेपाल सरकारले नेपालभरिका बालबालिकालाई आज र भोलि अर्थात बुधबार र बिहीबार भिटामिन ए र जुकाको औषधि खुवाउने भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ६ महिनादेखि ५९ महिना उमेर समुहका बालबालिकालाई भिटामिन ए क्याप्सुल तथा एक बर्षदेखि ५९ महिना उमेरसम्मका बालबालिकालाई जुकाको औषधि खुवाउन लागिएको जनाएको छ ।
मन्त्रालयले आफ्ना साना बालबालिकाहरूलाई नजिकैको महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकामार्फत् भिटामिन ए र जुकाको औषधि खुवाउन आग्रह समेत गरेको छ ।
हरेक वर्ष कार्तिक महिनामा र बैशाख महिनामा सरकारले निशुल्क रुपमा भिटामिन ए र जुकाको औषधि खुवाउने गर्दै आएको छ।
- न्युज बहार संवाददाता