असोज १, काठमाडौँ । गुणस्तरहीन खाद्यान्न बिक्री गर्ने ‘टिपटप समोसा’लाई काठमाडौँ महानगरपालिकाले २ लाख रुपैयाँ जरिवाना तिराएको छ । अस्वच्छ, अखाद्य खाद्यान्न बिक्री गर्दै आएको टिपटप समोसालाई महानगरपालिकाको बजार अनुगमन समितिले उक्त जरिवाना तिराएको हो ।
महानगरपालिकाको वडा नम्बर १७ मा रहेको टिपटप समोसाको अनुगमनका क्रममा अखाद्य वस्तु बिक्री वितरण गरेको पाइएपछी बजार अनुगमनमा पुगेको महानगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले बताएका छन ।
- न्युज बहार संवाददाता