Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

आजदेखि यो वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) सुरु हुँदै

  •   २ वर्ष अघि | १५ चैत्र २०८०, बिहिबार

चैत १५, काठमाडौँ । आजदेखि यो वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) सुरु हुँदै छ । आज बिहान ८ बजेदेखि सुरु भएको परीक्षा २७ गतेसम्म जारी रहनेछ । यो वर्ष पाँच लाख चार हजार ४१४ विद्यार्थी परीक्षाले दिन फारम भरेको राष्ट्रिय परीक्षा बोर्डको तथ्याङ्कले जनाएको छ ।

परीक्षालाई शान्तिपूर्ण, मर्यादित र भयरहित वातावरणमा सम्पन्न गर्न–गराउने विद्यार्थी, शिक्षक, अभिभावक र सबै नागरिकमा कक्षा १० परीक्षा नियन्त्रण कार्यालयका एसईई परीक्षा नियन्त्रक नन्दलाल पौडेलले आह्वान गरेका छन् ।

यो वर्षको परीक्षामा सामुदायिक तथा संस्थागत गरी १० हजार ८०६ विद्यालयबाट विद्यार्थीले परीक्षा दिँने तथ्याङ्कले देखाएको छ । पौडेलका अनुसार जसमा दुई लाख ५३ हजार ६२७ छात्र, दुई लाख ५० हजार ७७२ छात्रा, र अन्य १५ जना गरी कूल पाँच लाख चार हजार ४१४ परीक्षार्थी सहभागी हुदै छन । कूल परीक्षार्थीमध्ये ५०६ विद्यालयका १५ हजार ७४९ जना विद्यार्थी भने प्राविधिक धारका रहेका छन् ।

देशभरका दुई हजार ६४ परीक्षा केन्द्रबाट परीक्षा सञ्चालन हुने छ भने नेपाल बाहिर जापानमा समेत एक परीक्षा केन्द्र तोकिएको छ । २३ जना विद्यार्थीले जापानबाट एसईई दिँदै छन् ।

  • न्युज बहार संवाददाता

थप