असोज १७, काठमाडौँ । आगामी कात्तिक १७ र १८ गते यस वर्षको ‘राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम’ सञ्चालन गर्ने भएको छ । स्वास्थ्य सेवा विभागको बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डा अभियान गौतमले सरकारले बालबालिकाहरुलाई लक्षित गरी नियमित सञ्चालन गर्ने राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रमको पहिलो चरणमा कात्तिक २ र ३ गते खुवाउँदै आएकोमा यसपाली सो दिनहरुमा दसैं परेकाले कात्तिकको १७ र १८ गते सञ्चालन गर्ने जानकारी दिएका छन ।
जुकाको औषधि एक वर्षदेखि पाँच वर्षसम्मका बालबालिकालाई र भिटामिन ‘ए’ क्याप्सुल छ महिनादेखि ५९ महिनाका बालबालिका तथा खुवाइने छ ।
भिटामिन ‘ए’ कार्यक्रम सफल बनाउनका लागि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सातवटै प्रदेश सरकार अन्तर्गतका सामाजिक विकास मन्त्रालय र स्थानीय तहलाई परिपत्र जारी गरिसकेको छ ।
- न्युज बहार संवाददाता