Breaking News
प्रतीक अधिकारी: नेपग्यासमको युट्युब स्क्रिनबाट राष्ट्रिय मञ्चसम्मको प्रेरणादायी यात्रा    ||     युक्रेनी ड्रोन प्रहारले रूसका अनलाइन खुद्रा कम्पनीका गोदाम प्रभावित    ||     फ्रान्स र इंग्ल्यान्ड तेस्रो स्थानका लागी प्रतिस्पर्धा गर्दै    ||     अनुमति बिना ठूला पर्दामा विश्वकपका खेलहरु देखाउन रोक    ||     अण्डा प्रति किरेट ४५ रुपैयाँले महँगियो    ||     विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता आजदेखि सुरु हुँदै, मेसी र रोनाल्डोको अन्तिम विश्वकप!    ||     पोखरादेखि दुबईका लागि नियमित व्यावसायिक हवाई सेवा सञ्चालन हुने    ||     खुल्यो सर्वोत्तम पेन्ट्स आईपिओ    ||     आरोप प्रमाणसहित पुष्टि भए सार्वजनिक जीवनबाटै अलग हुन तयार छु : अर्थमन्त्री    ||     प्रतिनिधिसभाको उपसभामुख चयनकालागि निर्वाचन चैत २७ गते हुने    ||    

देशका केहि भागमा वर्षा हुने सम्भावना बढ्यो, काठमाडौँमा पनि हल्का वर्षा हुन सक्ने

  •   २ वर्ष अघि | १६ माघ २०८०, मङ्लबार

माघ १६, काठमाडौँ । यो वर्षको हिउँदे वर्षा हुने भएको छ । देशका केहि भागमा वर्षा हुने सम्भावना रहेको जल तथा मोसम पुर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। यसको प्रभावले देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ।

महाशाखाले देशका मध्य तराईका केही स्थानहरूमा साथै पुर्वी र पश्चिमी तराईका थोरै भागहरूमा हुस्सु र कुहिरो लागेको जनाएको छ । यसका साथै देशका पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने पुर्वानुमान गरिएको छ। आज सुदूपश्चिम प्रदेश, कर्णाली प्रदेश, कोशी प्रदेश, बागमती प्रदेश गण्डकी प्रदेशका पहाडी भागका एक-दूई स्थानमा हल्का बर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

पूर्वानुमान मोडेलहरुले र काठमाडौँमा भने हल्का वर्षा हुने देखाएको र आगामी सोमबारदेखि अर्को नयाँ प्रणालीको प्रभावले पुनः वर्षा गराउने सम्भावना रहेको पनि महाशाखाले जनाएको छ ।महाशाखाका अनुसार देशको उच्च पहाडी तथा हिमाली भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको र बिहीबार देखि पश्चिम पोखरामा दिनभर राम्रै वर्षा हुने देखिन्छ । पश्चिममा शुक्रबार बिहानसम्म पनि वर्षाको सम्भावनाका साथै अन्त भने हल्का वर्षा हुने सम्भावना रहेको छ ।

  • न्युज बहार संवाददाता

थप