बैशाख २८, काठमाडौँ। गाउँघरमा सिजनको
बेलामा एउटा फरक र मिठो स्वाद दिने तरकारी हो तामा।
तामा बाँसको कलिलो टुसालाई भन्ने
गरिन्छ । तामालाई थरी
थरीका परिकारमा ढालेर खान सकिन्छ।
तामालाई ताजै काटेर ल्याउँदा ल्याउँदै खाए पनि हुन्छ वा लामो समय सम्म बट्टा
वा सिसिको भाडामा राखेर पनि खान सकिन्छ। बाँसको तामा गाँउ घरमा सजिलै पाइने त्यस्तो तरकारी हो, जसमा कुनै रासयनिक मलखाँद, विषादी मिसिएको
हुदैन। यो १००
प्रतिशत शुद्ध, ताजा
र पूर्ण प्राकृतिक हुन्छ ।
किनकी बाँस जता–ततै सजिलै हुर्कने वनस्पति
हो ।
बाँसको टुसा तामालाई हामिले आफ्नो स्वाद अनुसार भुटेर खान सकिन्छ, यसको सुप बनाएर खान सकिन्छ, अचार बनाएर खान सकिन्छ र अन्य सागसब्जीमा मिसाएर पनि खान सकिन्छ। अर्थात आफ्नो स्वाद अनुसार यसलाई थरीथरी परिकारमा तयार गर्न सकिन्छ ।
स्वादको मात्र के कुरा गर्नु बाँसको टुसा तामा पौष्टिकताले पनि भरपुर्ण तरकारी हो ।
बाँसको तामामा मूख्यत भिटामिन इ, भिटामिन ए, भिटामिन बि६, भिटामिन बि, फोलेट, थायमिन, क्याल्सियम, प्याटोथेनिक एसिड, फस्फोरस, म्याग्नेशियम, पोटाशियम, कपर,सोडियम, आइरन जस्ता तत्व पाइन्छ ।
यी सबै पौष्टिक तत्व हाम्रो शरिरलाई आवश्यक तत्व छ, जुन हामीले बाँसको टुसा अर्थात तामाबाट प्राप्त गर्न सक्छौँ । खाने अन त तामाको तरकारी?
- न्युज बहार संवाददाता